आज:  | Tue, 19, Jan, 2021

बेबो दोस्रो सन्तानको आमा बन्दै

२०७७, १३ पुष सोमबार ०९:०४ मा प्रकाशित ( ३ हफ्ता अघि) ७१४ पाठक संख्या

भारतीय लोकप्रिय सुन्दरी नायिका करिना कपुर यतिबेला दोस्रो सन्तानको प्रतिक्षामा छिन् । सन् २०२१ को सुरुवातमा नै उनी आमा बन्ने तयारीमा रहेकी गर्भवती करिना लाला सिंह चड्ढाको शूटिङ्गमा ब्यस्त रहिन् । यो शूटिङ्ग पूरा गरेर करिना मुम्बई फर्किएकी छिन् । अभिनेत्री करिना दिदी करिश्मा कपूरका साथ समय विताइरहेकी छिन् । उनीहरु एकदमै आकर्षक देखिएका छन् । करिनाको गर्भवती अवस्थाका तस्विरहरु पहिलो पटक सार्वजनिक भएका छन् । आउटफिट लगाएर करिश्मा र करीना एकसाथ देखिएका तस्विर सार्वजनिक भएका छन् । करिना दोस्रो पटक गर्भवती बनेको करिनाका पति सैफले नै सामाजिक संजाल मार्फत आफ्ना फ्यानलाई जानकारी गराएका थिए ।

खबर एक्सप्रेस