आज:  | Sat, 20, Apr, 2024

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को आइटम गीत सार्वजनिक

२०७७, १२ पुष आईतवार १५:४८ मा प्रकाशित ( ३ साल अघि) १००१४ पाठक संख्या

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को समावेश ‘हलाल’ बोलको आइटम गीत आज सार्वजनिक गरिएको छ । एक्सनकिङ बरिस्ठ् अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यसै चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले डेब्यू गर्दैछन् । चलचित्रको निर्देशक दीपेश सापकोटा हुन् । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।यसअघी यो टिमले बागमती चलचित्र निर्माण गरेको थियो ।

 

खबर एक्सप्रेस