आज:  | Tue, 26, Jan, 2021

नयाँ ५ जना मन्त्री बन्ने ६ बजे शपथ

२०७७, १० पुष शुक्रबार १८:२७ मा प्रकाशित ( १ महिना अघि) १७०६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् । जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

खबर एक्सप्रेस