हिजो करिब दिउँसो ३:५० बजे एउटा गाडीले ठक्कर दिएर दुई जना सडकमा छट्पटाई रहेका थिए । त्यो गाडीसँगै अगाडि पछाडि प्रहरीको स्कटिङ सहित प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको गाडी क्रस हुन्छ। सडकमा छट्पटाई रहेका घाइतेलाई अस्पताल लिनुपर्छ भन्ने अलीकती पनि दया जागृत हुदैन ।
दुर्घटनामा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । अस्पतालमा खत्रीको मृत्यु भएको छ। भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।