आज:  | Tue, 19, Jan, 2021

सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतिबारे निर्णय

२०७७, २ पुष बिहीबार १६:१७ मा प्रकाशित ( १ महिना अघि) १८९२ पाठक संख्या

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीको अध्यक्षतामा बैठकले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतिका सम्बन्धमा केही ठोस् निर्णय गरेको छ ।

१. सुर्खेत विमानस्थललाई Approach Light सुविधा सहितको विमानस्थलका रुपमा विकास गर्ने दीर्घकालीन सोच सहित हाललाई १५५५ मीटरको धावनमार्ग र रात्रीकालिन उडान गर्न सकिने विमानस्थलको विकास एवं विस्तार गर्ने । 

२. विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथासिघ्र तयार गरी जग्गा रोक्का प्रकृया अघि बढाउने । 

३. सुर्खेत विमानस्थल विस्तार एवं स्त्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षिय समिति गठन गर्ने । 

४. जग्गा प्राप्ति प्रकृया सिघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले ३ दिन भित्र मुल्याँकन समितिको वैठक आव्हान गरी काम अघि वढाउने । 

५. विमानस्थल विस्तारका लागि मुआव्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको छ । उक्त रकममध्येको ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भएको छ् । 

खबर एक्सप्रेस