आज:  | Tue, 26, Jan, 2021

क्रिसमसमा मास्क लगाउन डब्लुएचओको आग्रह

२०७७, १ पुष बुधबार २०:०७ मा प्रकाशित ( १ महिना अघि) ३५०४ पाठक संख्या

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ ।  क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई मास्क लगाउन आह्वान गरेको हो । संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरेको छ् ।

खबर एक्सप्रेस