आज:  | Thu, 28, Mar, 2024

राप्रपाले ७७ जिल्लामै प्रदर्शन गर्ने

२०७७, १ पुष बुधबार १९:३२ मा प्रकाशित ( ३ साल अघि) १३६७२ पाठक संख्या

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्दै आन्दोलनको तालिका सार्वजनिक गरेको छ । 

बैठकका निर्णयहरु 

१. सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ ।

२. भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ स्

(क) २०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने ।

(ख) पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्‍याली गर्ने ।

(ग) पौष १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने ।

(घ) पौषको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ ।

३. पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्नेछ ।

 

खबर एक्सप्रेस