आज:  | Thu, 28, Mar, 2024

बरिष्ठ कलाकार शिब श्रेष्ठ र निर्माता आकाश अधिकारीले भेटे उपप्रधानमन्त्री र संचार मन्त्री

२०७७, ३० मंसिर मंगलवार २२:०६ मा प्रकाशित ( ३ साल अघि) १३३६२ पाठक संख्या

कोरोना भाईरसका कारण गतबर्षदेखी सुनसान नेपाली चलचित्र क्षेत्र अहिलेसम्म सुनसान कै अवस्थामा रहेको छ । सबै क्षेत्र प्राय चलायमान भैरहेको समयमा भने चलचित्र क्षेत्रलाई सरकारले वास्तै नगरेको देखेर चलचित्र क्षेत्र सरकारसँग रुस्ट भएको छ । यसै बिच हलवालाले स्वतस्फुर्त हल खोल्ने निर्णय गरेका छन् । यही बिच नेपाल उघोग वाणिज्य महासंघका सदस्य एवं चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, बरिष्ठ कलाकार शिव श्रेष्ठले उपप्रधानमन्त्री ईश्वर पोख्रलसँग भेटि नेपाली चलचित् क्षेत्रलाई रराष्ट्र बैंकले अतिप्राभवित क्षेत्रला सुचिकृत गरेको दश महिनाबाट ठप्प रहेको चलचित्र उधोग (निर्माण, बितरण प्रदर्शन तथा गीत-संगीत, श्रम जीवी, कलाकार एवम् प्रविधिकको) पुनरउत्थान र उधोगको संरक्षणका निम्ती नेपाल सरकारले पनि अतिप्रभावित क्षेत्रमा सुचिकृत गर्दै बिभिन्न चरणमा नेपाल चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका सरोकारवाला संघ संथाले पेश गरेका माग अनुरुप यस क्षेत्रको उत्थान, प्रवर्धनमा सहयोग गर्नु पर्ने कुरामा राखेका थिए ।

 

यसैगरी सोही टोलीले संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङसँग भेट गरी चलचित्रको छायांकन सुचारु र चलचित्र क्षेत्रलाई चलायमान बनाउन अन्य गतीबिधी गर्न दिन समेत ध्यानाकर्षण गरेका थिए । मन्त्री गुरुङले सरकारले केही निर्णय गरिसकेको र आँउदो पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएको निर्माता संघका अध्यक्ष आकाश अधिकारी जानकारी दिए । यसै बिच सरकारले चलचित्र भवन सुचारु गर्ने बिषयमा भने सरोकारवाला निकायसँग बसेर केही दिनमै निर्णय गर्ने तयारीमा छ । सरकारको निर्णयसँगै अहिले करिब एक दर्जन चलचित्र छायांकनमा जाने तयारीमा छन् ।

खबर एक्सप्रेस