आज:  | Tue, 26, Jan, 2021

गरेर देखाए धुर्मुसले

२०७७, ३० मंसिर मंगलवार २१:२८ मा प्रकाशित ( १ महिना अघि) २५१२ पाठक संख्या

गरेर देखाए धुर्मुसले भाबुक हुँदै आफ्नो सामाजिक संजालमा लेखेका छन्

“नमुना क्रिकेट खेलमैदान , जहाँ आज ” गौतम बुद्ध कप ” सम्पन्न भएको छ । ठिक १ बर्ष अगाडि काँसै काँसको घारी भएको यो ठाँउ आज मैदानमा परिणत हुँदा म त्यति खेरको अतितलाई सम्झन चाहन्छु । जतिखेर ग्रेडर मेसिनले जमिन सम्म्याउने काम गरिसके पछि म आफैले ट्याक्टर चलाउदै , आफैले बनाएको रोलर पछाडि पटि बांधेर जमिन को लेबल मिलाउने काम गरेको थिए । यो मैदान तयार पार्नुको मुख्य उदेश्य एउटै थियो अन्तर्राष्ट्रिय खेलमैदान तयार हुनु पुर्व खेलाडीहरु लाई खेल्न योग्य होस , रंगशाला प्रति सकारात्मक प्रचारप्रसार तथा अपनहत्व ग्रहण होस् । कोरोना भाइरस ( कोभिड – १९ ) को कारणले घर भित्रै सुरक्षित महसुस गरि बस्नुपर्ने अवस्थामा लकडाउनको चरम अबधिमा टेक्निकल टिम र क्युरेटर शिसन मण्डल सहित म आफैँ दुबो रोप्न सहभागी थिए । आज त्यहीँ मैदानमा राष्ट्रिय खेलाडी सम्मेलित राष्ट्रिय प्रतियोगिता ” गौतम बुद्ध कप ” भब्यताका साथ सफल हुनु र राष्ट्रिय खेलाडी , संघसंस्था र खेलप्रेमी महानुभावहरु बाट अन्त्यन्तै उत्कृष्ट खेलमैदान बनेको, पिच एकदमै राम्रो बनेको भनेर प्रतिक्रिया दिईरहदा सहयोगिमनहरुको मन कति हर्षित भएको होला म कल्पना समेत गर्न सक्दिन । म सम्पूर्ण सहयोगिमनहरु प्रती आभार प्रकट गर्दछु । साथै भरतपुर महानगरपालिका जसले जग्गा उपलब्ध गराएर यो यात्रा सुभारम्भ भएको थियो ।जसको समन्वय र सहकार्यमा यो अभियान अघि बढेको  छ,  सिङ्गो महानगरपालिका परिवार प्रती म सधैं कृतज्ञ छु । प्रतियोगिताको आयोजक संस्था बाग्मती क्रिकेट संघ , सह – आयोजक चितवन जिल्ला क्रिकेट संघ , भरतपुर महानगरपालिका , बाग्मती प्रदेश जिल्ला खेलकुद परिषद , खेलको प्रत्यक्ष प्रसारण गर्नुहुने Action Sports टेलिभिजन परिवार , स्वागत गेट उपलब्ध गराउनु हुने मुक्तिनाथ विकास बैंक , बिज्ञापन गर्नुहुने सम्पुर्ण संघसंस्था प्रति विशेष धन्यवाद व्यक्त गर्दछु । साथै नेपाली राष्ट्रिय खेलाडी जसले खेल खेलेर बिश्व मा नेपालको शिर उच्च बनाउने काम गर्नुभयो जसको मन्दिर यहाँ तयार भइरहेको छ । उहाँहरु ले नै यस मन्दीरमा खेल खेलेर थप हौसला प्रदान गर्नुभएकोमा सम्पुर्ण राष्ट्रिय खेलाडीहरु प्रति विशेष धन्यवाद साथै आभार प्रकट गर्दछु । साथै उहाँहरुको उज्ज्वल भबिस्यको कामना गर्दछु । आजको बिजेता टिम राप्ती लाई बधाई साथै सहभागी तिन टिम प्रती आभार व्यक्त गर्दै पुनः सहयोगिमनहरु लाई धन्यवाद दिदै रंगशाला निर्माण अभियानको अभियान्ता बनी अपनहत्व ग्रहण गरिदिनुहुन को लागि सबैलाई हार्दिकताको साथ अपिल गर्दछु ।”

खबर एक्सप्रेस