आज:  | Sat, 23, Mar, 2024

पुष १० बाट सिनेमा घर खोल्ने निर्णय

२०७७, २९ मंसिर सोमबार २२:५१ मा प्रकाशित ( ३ साल अघि) २२९१० पाठक संख्या

नेपाल चलचित्र संघले पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले सिनेमा घर खुलाउनका लागि कुनै सल्लाह र चासो नदिएका कारण आगामी  पुस १० गतेदेखि हल खोल्ने निर्णय गर्न वाध्य भएको संघका अध्यक्ष मधुसुदन प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

 

खबर एक्सप्रेस