आज:  | Tue, 16, Apr, 2024

पशुपतिनाथ मन्दिर पुस १ गतेबाट खुल्दै

२०७७, २९ मंसिर सोमबार २२:३१ मा प्रकाशित ( ३ साल अघि) ३७३८७ पाठक संख्या

काठमाडौँ, मङ्सिर २९ गते । बिगत नौ महिनादेखी बन्द पशुपतिनाथ मन्दिर क्षमा माग्न मङ्गलबार बिहान क्षमापूजा हुने भएको छ ।

प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपतिक्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । 

रासस

खबर एक्सप्रेस