आज:  | Fri, 19, Apr, 2024

सन् २०२० मा विश्वभर सर्वाधिक धेरै डाउनलोड हुनेमा टिकटक पहिलो नम्बरमा

२०७७, २८ मंसिर आईतवार २२:०३ मा प्रकाशित ( ३ साल अघि) १५५०१ पाठक संख्या

एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको obile App Trend २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एप टिकटक पहिलो नम्बरमा कब्जा गरेको छ । अहिलेसम्म फेसबुक पहिलो नम्बर हुदै आएकोमा यो वर्ष टिकटकले उछिनेको छ । गत वर्ष टिकटक चौथो नम्बरमा थियो। सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक, तेश्रो स्थानमा ह्वाट्सएप र चौथोमा जूम र पाचौमा इन्स्टाग्राम रहेको छ । छैटौँमा फेसबुक मेसेन्जर, सातौँमा गुगल मिट, आठौँ स्नापच्याट, नवौँ टेलिग्राम र दशौँ स्थानमा लाइकी रहेका छन् ।

खबर एक्सप्रेस