आज:  | Fri, 29, Mar, 2024

चिरीबाबुले गरे महानगरलाई स्वच्छ, हराभर बनाउने सचेतना अभियानको शुरुवात

२०७७, २८ मंसिर आईतवार २१:२५ मा प्रकाशित ( ३ साल अघि) १४३८५ पाठक संख्या

ललितपुर, मङ्सिर २८ गते । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियानको शुरुवात गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले एक कार्यक्रममा बिच अभियानको शुभारम्भ गरेका छन् । सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्ने भन्दै पोष्टर, पम्पलेट र ब्यानरलगायतका वस्तु अब महानगरभित्र देखिने छैनन् । महानगरका शोभा न्यूनीकरण गर्ने वस्तु हटाउन नगर प्रहरीलाई जिम्मेवारी प्रदान गरिएको बताएका छन् ।
कार्यक्रममा नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिका भित्र फुटपाथ अतिक्रमण र अव्यवस्थितता र सुधारका काम गरीरहेको दुई महिना लगाएर हरिसिद्धिदेखि सानेपासम्मका होडिङ् बोर्ड झिकेको जानकारी दिए । थापाथली पुलदेखि कुमारीपाटीसम्मको अव्यवस्थित तार व्यवस्थापन गर्ने काम सकियो भन्दै अबको दुई महिनाभित्रमा लगनखेल हुँदै कुपण्डोल क्षेत्रमा काम हुनेछ । मङ्गलबजार भनिमण्डल, सानेपा क्षेत्र र अन्त्यमा भैँसेपाटी हुँदै बुङ्मतीतिर काम गर्ने जानकारी दिए । नगर प्रहरीले ११ सार्वजनिक स्थानमा बनाइएका घरटहरासमेत भत्काइसकेको जानकारी दिइयो ।
महनगरपालिकाले कुमारीपाटी, बटुकभैरव, कनिबहाल, महालक्ष्मीस्थान, लगनखेल, पाटन अस्पताल क्षेत्र, यातायात व्यवस्था कार्यालय परिसर, भनिमण्डल, जावलाखेल आदिमा दुईदेखि चार पाङ्ग्रे सवारीसाधन पार्किङ् गर्ने व्यवस्था गरेको जानकारी दिईयो।

यो सचेतना अभियान छ महिनासम्म चल्नेछ र अभियानमा महानगरपालिका नगर प्रहरी बिहान ११ देखि दिउँसो ४ बजेसम्म खट्नेछन् । अभियानलाई सफल बनाउन हप्ताको एक पटक महानगरपालिकाभित्र -यालीसमेत गर्ने जानकारी दिईयो ।

 

खबर एक्सप्रेस