आज:  | Thu, 25, Apr, 2024

बाग्मती सफाई महाअभियानको ३९६ औं पुरा

२०७७, २७ मंसिर शनिबार २०:११ मा प्रकाशित ( ३ साल अघि) १६०२८ पाठक संख्या

बाग्मती सफाई महाअभियानको ३९६ औं हप्ता र अन्य सहायक नदी समेतमा सफाई अभियान सम्पन्न भएको छ आजै देशका बिभिन्न भागमा सफाई अभियान सम्पन्न भएको छ ।

१. बाग्मती सफाई महाअभियानको ३९६ औं हप्ताको सफाई अभियान आज शंखमूल पुल नजीक सम्पन्न भएको छ । महाअभियान अहिले कोरोना संक्रमणका कारण सानो सानो रुपमा ठाउँ ठाउँमा संचालन हुदै आएको छ। आजको अभियानमा अभियन्ता डा. लक्ष्मी पौडेल, रामशरण कार्की, चक्रबहादुर चन्द, खगेन्द्र कार्की, दुर्गा दुलाल, दिव्यमणि ज्ञवाली AIA school का Managing Director बिष्णु अर्यालको समेत सहभागीता रहेको थियो । आजै शंखमुलबाट वानेश्वर जाने मुल बाटो सरसफाइसँगै पसल पसलमा सचेतना अभियानमा शंखमुलमा रहेको माइक्रोपार्क नजिक माईक्रोका चालकहरुलाई माइक्रोमा फोहर राख्ने डस्बिन राख्ने, माईक्रो स्टान्डमा फोहर नगर्ने गरी आव्हान गरीएको थियो । 

 

२. माथिल्लो भेगको वाग्मती सरसफाइ  ३५६औं हप्ताको अभियानमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायाण सुबेदी तथा काठमाडौं महानगरपालिका वडा नं. ६ का सदस्य जयराम पुडासैनी समेतको सहभागिता रहेको थियो । वाग्मती सुन्दरता सरोकार मन्चले अगुवाई गरेको सफाई कार्यक्रममा इष्टपोल मा.बि. को तर्फबाट प्राचार्य राजेश राई तथा मडगाल टोल सुधार समितिका तर्फबाट अध्यक्ष केदर भट्टराई र सचिव राजु अधिकारीले समेत सफाई अभियानका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा इष्टपोल मा.बि. र मडगाल टोल सुधार समितिको सकृय सहभागिता रहेको थियो । वाग्मती अभियन्ता तथा स्थानीय सफाई अभियन्ता सहित २०० भन्दा बढीको सहभागिता रहेको थियो ।

३. वाग्मती सफाइ अभियानको तिलगंगा खण्ड सफाइ अभियानको २७७औं हप्ताको अभियानमा अभियन्ता माला खरेल, आशा पाण्डे, दुर्गा रावल, विमला लामा, लिला थपलिया,गगा पुरी र सामुदायिक प्रहरीको सहभागीता रहेको थियो

४. बिष्णुमति सरसफाइ अभियानको ३२५औं हप्ताको सफाइ अभियान कामनपा वडा न १७ खुसिबुको शोभाभगवती मन्दिर अगाडिबाट सफाइ अभियानमा भएको थियो। अभियानमा विश्वशान्ति तथा आध्यात्म विज्ञान समाज , पातञ्जल योग समिति वाग्मती प्रदेश अध्यक्ष सुवर्णलाल चित्रकार बुद्धमहल योग साधना केन्द्र, बाल उद्धान सामुदायिक सेवा समिति, नेप्सेम्याक, परिवर्तन सेवा प्रालि र  स्थानिय नागरिक गरी ५० जनाको उपस्थित रहेको थियो ।

६. मनोहरा सरसफाइ तथा सम्पदा वचाउ नागरिक अभियान १९५औं हप्ताको सफाइ अभियान कृर्षि बजार जडिबुटी पुलमा सम्पन्न भयो । अभियानमा श्री सँजय साई सेवा आश्रम नरेफाँटबाट ठुलो संख्यामा उपस्थिती रहेको थियो । भने सशस्त्र प्रहरी बल सिनामंगलबाट असई मीन बहादु दोङगसि नेतृत्वमा र अभियन्तामा चन्द्र दाङगाल, नारायण गिरी, महेशमान सिँह अधिकारी लगाएतको सहभागीता रहेको थियो । काठमान्डौ महानगरपालिकाले उठेको एक ट्रक फोहर व्यबस्थापन गरेको थियो

७. गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ९३ औं हप्ताको सफाइ अभियान गोदावरी खोला नजिक विभिन्न स्थानमा सफाई अभियान गरीएको छ। आज गोदावरी १ स्थित कात्जा होस्टेलबाट दमन्ती प्रधान लगायतले गोदावरी खोला हाडेगाउमा, गोदावरी ३ टौखेलमा अभियन्ता बेबि राजभण्डारी लगायत गोदावरी अभियन्ताहरु सुस्मिता घलान, प्रिया पुतुवार, सपना पुतुवार, सुरज श्रेष्ठ, तथा स्मार्ट माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँ लगायतको सहभागीता रहेको थियो ।

८. हरेक दिन अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितीद्वारा कर्मचारीको सहभागीतामा सफाई अभियान संचालन गरीरहेको छ । नारायणटार जम्बुडाँडा इस्टपोल स्कुल अगाडि बागमती नदी किनारा सरसफाइ कार्यक्रम सम्पन्न भएकोछ ।

९. चक्रपथ सरसफाइ अभियानको १९६औ हप्ताको अभियान अभियन्ता लोक बहादुर टन्डन, तिलक बस्नेत नेप्सेम्याक लगाए अन्य अभियन्ताहरुको सहभागीतामा सम्पन्न भएको छ ।

आजै उपत्यका बाहिरका ६० स्थानभन्दा बढीमा सफाई अभियान संचालन भएको जानकारी प्राप्त भएको छ ।

खबर एक्सप्रेस