आज:  | Tue, 26, Jan, 2021

भिजिटभिसालाई एलएलसी पास हुनुपर्ने नियममाथि गगन थापले ट्विट गरी बिरोध जनाए

२०७७, २६ मंसिर शुक्रबार २१:२५ मा प्रकाशित ( १ महिना अघि) २८८४ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसका यूवा नेता पूर्व मन्त्रि गगन थापाले अध्यागमन कार्यविधि संशोधन सहित केही नयाँ नियम थप गरेर कडाई गर्न लागेको प्रति बिरोध जनाएका छन् । उनले आफ्नो सामाजिक संजाल ट्विटरमा लेखेका छन् भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको के अंग्रेजी नजान्ने नागरिक नै हैन नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि बोकाउन खोजिएको थापाको आरोप लगाएका छन् । सरकारको अक्षमताको भारी नागरिकमाथि गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो भन्दै थापाले प्रश्न गरेका छन् ।

सरकारले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै कडा नियम लगाउन लागेको छ । अब भिजिट भिसमा जानलाई एलएलसी पास गरेको र अंग्रेजी जान्ने हुनुपर्ने गरी अध्यागमन कार्यविधि संशोधन सहित केही नयाँ नियम थप गरेर कडाई गर्न लागेको छ ।

 

 

खबर एक्सप्रेस