आज:  | Thu, 28, Mar, 2024

सांसद कोमल ओलिको प्रयासमा दाङ्गमा पुल शिलन्यास

२०७७, २६ मंसिर शुक्रबार १०:०८ मा प्रकाशित ( ३ साल अघि) ९८९० पाठक संख्या

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यो सरकारले देशभरीनै बिकास निर्माणका काम गरिरहेको बताएका छन्।

दाङको तुलसीपुर नगरपालिका वडा नम्बर ८ र १० को बिचमा पर्ने पातुखोलामा निर्माण हुनलागेको पुल राईखल्यानमा शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ध्यान प्रदेशभरीकै बिकासका लागि भएको उल्लेख गरे | सोही अवसरमा राष्ट्रियसभाका सांसद कोमल ओलिले पुलको निर्माणकालागि मुख्यमन्त्रीबाट भएको सहयोगका लागि धन्यवाद दिईन । यो पुलको लागि आफुले धेरै पहिले देखी प्रयास गरेको उल्लेख गर्दै सांसद ओलिले दुईलेनको यस पुलले दक्षिण दाङलाई जोड्ने भएकोले जनतालाई आवत जावतमा धेरै सुविधा हुने दाबि गरिन | समारोहका सभापति एवं प्रदेश भौतिक पुर्वाधार मन्त्री बैजनाथ चैोधरीले यो पुलका लागि माननीय कोमल वलीले नै धेरै पहिले देखी प्रयास गरेकाले बताए | 

प्रदेश सभा सदस्य डिल्लि बहादुर चैाधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मन्तव्य राखेका थिए। पुर्वाधार कार्यालय दाङका डिभिजनल ईन्जीनियर बासुदेव भण्डारीले पुलको लागतबारे बिबरण पेश गरेका थिए | कोमल ओलिले पुल

खबर एक्सप्रेस