आज:  | Fri, 16, Apr, 2021

“बालखैमा दिल बस्यो गौंथली”गीतले २७ मिलियन भ्यूज पायो : सुर्खेतमा उत्सव

२०७७, २४ मंसिर बुधबार ०८:०४ मा प्रकाशित ( ४ महिना अघि) ८६८१ पाठक संख्या

न गाएकको अनुहार चर्चित न भिडियोका कलाकार चिनीएका तरपनी गीत हिट “बालखैमा दिल बस्यो गौंथली” ले युटुबमा २ करोड ७० लाख पटक हेरेको रेकर्ड कायम गरेको छ ।

आज टीमले उत्सब स्वरुप कर्णालीको राजधानी सुर्खेतमा एक कार्यक्रम गरी बधाई साटासाट गरेको छ I दैलेखका बाल गायक रुपेश चन्दले यो गीतमा आफ्नो आवाज भरेका छन् । रुपेशलाई यो प्रतिभाको जन्मदिने भने युवा उधमी उनका आफन्त धिरेन चन्द हुन । निर्देशक निर्मल पौडेल धिरेनका साथी भएकोले बिभिन्न चरणको उनिहरुको छलफल पछी योजना बनाएका थिए । त्यही योजना अनुरुप निर्मल पौडेलको निर्देशनमा गीत बन्यो ।

गीतमा दिपक शर्माले संगीत भरेका छन् । यो गीतलाई अर्ग्यानिक गीतको रुपमा युटुबमा अत्याधिक रुचाईएको छ । यो गीतको सफलतासँगै अब पार्ट दुई बनाउने योजनामा निर्माण टीम रहेको बुझिएको छ।

खबर एक्सप्रेस