आज:  | Fri, 22, Jan, 2021

माउण्टेन फ्लाइटमा एकमा एक टिकट फ्रि

२०७७, १४ मंसिर आईतवार २१:०५ मा प्रकाशित ( १ महिना अघि) १९५४ पाठक संख्या

काठमाडौँ, मङ्सिर १४ गते । बुद्ध एयर र यती एयरलाइन्सले करीब आठ महिनापछि शुरु भएको माउण्टेन फ्लाइटमा नेपाली यात्रुलाई आकर्षण योजना संचालनमा ल्याउने भएका छन् । बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्नेर हरेक शनिबार पर्वतीय उडान हुने ती कम्पनीले आज विज्ञप्तिमार्फत जनाएका छन् ।
त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिने छ । यो उडान करिब एक घण्टाको हुनेछ । यसका लागी यती एयरले प्रति ब्यतिm रु आठ हजार ९९९ भाडा निर्धारण गरेको छ । भने बुद्ध एयरले रु आठ हजार ९०० भाडा तोकेको छ ।
झ्यालसहितसँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ ।

खबर एक्सप्रेस