आज:  | Fri, 22, Jan, 2021

कोरोनाबाट आज २५ जनाको मृत्यु

२०७७, १४ मंसिर आईतवार २०:५२ मा प्रकाशित ( १ महिना अघि) १५५१ पाठक संख्या

काठमाडौं, मङ्सिर १४ गते । आज नेपालमा कोरोना भाइरसका एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । मन्त्रालयका अनुसार आज नौ हजार ९०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २५५ जना सङ्क्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म एकलाख ५१ हजार ४९७ जना पुरुष र ७९ हजार २२६ जना महिलामा संक्रमण भएको छ । हालसम्म १७ हजार ९०९ जनामा कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन् । ंहालसम्म १७ लाख २७ हजार ८३८ जनाको पीसीआर परीक्षण गरिएको छ । आज एक हजार ४०४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् । आज २५ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४७९ जनाको मृत्यु भएको छ

खबर एक्सप्रेस