आज:  | Fri, 22, Jan, 2021

कोरोनाबाट मृत्यु हुनेको संख्यामा बृद्धि

२०७७, १३ मंसिर शनिबार १९:५७ मा प्रकाशित ( १ महिना अघि) १६४४ पाठक संख्या

काठमाडौं, मङ्सिर १३ गते । आज नेपालमा कोरोनाभाइरसका एक हजार ३८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३० हजार ७२३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज करीब नौ हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३८० जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाका १८ हजार ८३ जनामा कोरोनाको सक्रिय सङ्क्रमणि छन् । आज ५१५ जना सङ्क्रमित निको भएका छन् । यो सँगै हालसम्म दुई लाख ११ हजार १८६ जना सङ्क्रमित निको भएका छन् । आज १९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस