आज:  | Thu, 25, Apr, 2024

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा आजबाट शुरु

२०७७, ११ मंसिर बिहीबार ०८:१७ मा प्रकाशित ( ३ साल अघि) १५६५६ पाठक संख्या

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा आज बिहीबारदेखि सुरु हुँदैछ । कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित भएकोमा आजदेखि सुरु हुन लागेको हो ।

कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ । साधारण सभाको भर्चुअल रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । 

खबर एक्सप्रेस