आज:  | Fri, 29, Mar, 2024

रत्नपार्कको नाम परिवर्तन गरे अवरोध गछौं : कमल थापा

२०७७, ७ मंसिर आईतवार १९:२७ मा प्रकाशित ( ३ साल अघि) १९३७६ पाठक संख्या

राप्रपा अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको भन्दै बिरोध गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा लेख्दै भनेका छन् । “श्री ५महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमा बडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ।निर्णय सच्याईयोस्।जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं।

नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्।भव्य पार्क बनाईयोस्।हाम्रो पुरा सहयोग रहने छ,तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ।निर्णय पुनर्विचार गरियोस्।द्वन्द निम्त्याउने काम नहोस्।भन्दै उनलेकाठमाण्डौ मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ।राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन्।उहॅाको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाऔॅ भन्दै सुझाब समेत दिएका छन् ।

खबर एक्सप्रेस