आज:  | Mon, 15, Apr, 2024

मेची महाकाली सफाइ अभियानले पायो निरन्तरता आज पर्यटकीयस्थल कन्याम सफाई

२०७७, २४ कार्तिक सोमबार १९:०९ मा प्रकाशित ( ३ साल अघि) ३०१६४ पाठक संख्या

ईलाम, गत बर्ष शुरु भएको मेची महाकाली सफाई अभियान नेपालको पूर्वी नाका मेचीपुलबाट शुरु भई महाकालीको महेन्द्रनगर सम्म बिभिन्न स्थानमा सफाई गर्दै यो अभियान संचालन गरिएको थियो । यो अभियानले देशब्यापी रुप लिदै गर्दा विश्वब्यापी कोरोना महामारी संक्रमण फैलिएपछि अभियान पनि स्थगन भएको थियो ।

लामो समय स्थगन भएको यो अभियान आज पर्यटकिय क्षेत्र कन्याममा सफाई अभियान संचालन गरिएको यसका अभियन्ता एव बिर्तामोड सफाई अभियानका संयोजक बिष्णु आचार्यको बताए ।

झापाको सुर्योदय-७ का वडा अध्यक्ष लेखनाथ खड्का, घोडाचडी व्यवसायी संघका अध्यक्ष प्रेम लाल तामाङ, नेपाल प्रहरी, स्थानीय संघ सस्था होप फर सक्सेस अनिल ढकाल लगायत होटल ब्यवसायी समितीबाट टेकराज गिरि लगाएतको सहभागितामा सफाई अभियान सम्पन्न भएकोछ।

अब यो अभियानलाई स्वास्थ्य मापदण्ड लागु गरी सामाजिक दुरी कायम गरी फेरी यो अभियानलाई निरन्तरता दिईने बताइएको छ । गत बर्ष यो अभियानले देशब्यापी रुप लिदै गर्दा धेरै स्थानमा ठुला ठुला अभियान संचालन गरीएको थियो । अब फेरी यो अभियानलाई तिब्रता दिईने बताईएको छ ।

अभियन्ताहरु सफाई गर्दै

 

 

खबर एक्सप्रेस