आज:  | Thu, 25, Apr, 2024

तत्कालै स्थायी कमिटी बैठक बोलाउन माग

२०७७, १६ कार्तिक आईतवार २३:२१ मा प्रकाशित ( ३ साल अघि) १३०२१ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रखर राष्टबादी नेता स्थायी समिति सदस्य भीम रावलले तत्कालै स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।
नेकपाका केही नेताहरुले पार्टि फुटको संघारमा रहेको भन्ने अभिव्यक्ति दिईरहेका बेलामा नेता रावलले यस्तो माग गरेका हुन् । नेता रावलले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’, उनले भनेका छन् ।

खबर एक्सप्रेस