आज:  | Sat, 13, Apr, 2024

“निदाउके सपनीमा” भन्ने बोल को साङ्गितिक गितीकथा सार्बजनिक

२०७७, ७ कार्तिक शुक्रबार १५:२१ मा प्रकाशित ( ३ साल अघि) ६२५२८ पाठक संख्या

सन्तोष सेनको कथा निर्देशन रहेको ‘निदाउके सपनीमा’ गीति कथा सार्वजनिक भएको छ ।
आसुसेन फिल्मको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीति कथामा प्रेम गीत३ का अभिनेता मनिष राउत र टिकटकस्टार रेस्मा घिमिरे बालकलाकारमा युशिन चन्द र नेरिस्का स्थापित र कमलेस वराल लगायतका कलाकारको अभिनय रहेको छ ।
सन्तोष सेन को कथा निर्देशन रहेको उक्त गीति कथामा सुगम पोख्रेल र कविता श्रेष्ठ ले आफ्नो स्वर भरेका छन् भने एलिस कार्की को सङ्गीत,राजेस कुमार श्रेष्ठ को सब्द र शैलेन्द्रमान प्रधान को एरेन्ज गरेका छ्न ।
दुईजना डाक्टरको प्रेमकथामा आधारित गीति कथा ‘निदाउके सपनीमा’ दशैँको फुलपातीका दिन सार्वजनिक गरिएको छ गीतको भिडियोमा फ्रन्टलाईनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आँफै संक्रमित हुनुपरेपछिको पिडा अनी अवस्थालाई चित्रण् गरीएको छ । बिहेको पहिलो स्पेशल दशैँ मनाउने तयारी गरेको समयमा रेश्मालाई कोरोना संक्रमणले छोएपछी अस्पतालमा नै टिका लगाएको दृश्य तथा उपचारको क्रममा सिसा बाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्य भावुक रुपमा चित्रण् गरीएको छ।
कोरोना भाइरस (कोभिड १९) विषम् परिस्थितिमा पनि कोरोना भाइरसको सन्क्रमणलाई प्रवाह नगरी नागरिकको जीवन जोगाउन अग्रपंक्तिमा रहेर अहोरात्र खटीरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र यसमा लागि पर्ने अन्य महानुभावप्रति यो गीती कथा समर्पित रहेको निर्देशक सेन ले बताए ।गितीकथाका सह-निर्देशक ललित बिष्ट सहायक निर्देशक जीवन स्वार सुदिप पौडेल र आर्यन अधिकारी रहेका छन् ।
साङ्गितिक गितीकथाको निर्माता युवा ब्याबसायी प्रितम बिष्ट रहेका छन् ।
चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन ठकुरी(मिलन) कार्यकारी निर्माता रहेको गीति कथा मा पुरुषोत्तम प्रधान को छायांकन भुपेन्द्र अधिकारी को सम्पादन रेनिस फागो को रंग संयोजन मुकेश शाह ले ध्वनि मुद्रण गरेका छन।
गीती कथा

खबर एक्सप्रेस