आज:  | Fri, 22, Mar, 2024

प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’मा प्रदिप खड्का र कृष्टिना नियुक्त

२०७७, २० आश्विन मंगलवार ००:५४ मा प्रकाशित ( ३ साल अघि) १७९१९ पाठक संख्या

प्रभु बैंक लिमिटेडले अहिलेका चर्चित युवा स्टार प्रदिप खड्का  र प्रेमगित३ कि अभिनेत्री कृष्टिना गुरुङलाई ब्रान्ड एम्बास्डरमा नियुक्ती गरेको छ । बैंकले कलाकार प्रदिप खड्का र कृष्टिना गुरुङलाई एक बर्षको लागि ब्रान्ड एम्बास्डर नियुक्ति गर्दै बैकको बिज्ञापन समेत् लन्च गरेकोछ । बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले आज प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा कलाकार द्वयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रदीप र कृष्टिनाले फिल्म ‘प्रेमगीत ३’ मा एकसाथ स्क्रिन साझेदारी गरेका छन् । कोरोनाका कारण यो फिल्म रिसिज हुन सकेको छैन । देशको प्रतिष्ठित बैंकको ‘ब्रान्ड एम्बास्डर’ को जिम्मेवारी पाएकोमा उनीहरुले खुसी व्यक्त गरेका छन् ।

खबर एक्सप्रेस