आज:  | Thu, 25, Apr, 2024

वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते

२०७७, २ आश्विन शुक्रबार २२:१८ मा प्रकाशित ( ३ साल अघि) १३२०७ पाठक संख्या

काठमाडौं । कोरोनाका कारण पटकपटक रोकिँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले उत मितिमा साधारणसभा गर्ने प्रस्ताव कार्यकारिणी समितिमा लैजाने भएको हो । महासंघका उपाध्यक्ष चन्द्र ढकालले तिहारलगत्तै साधारणसभा गर्ने गरी प्रस्ताव गरेको जानकारी दिए ।
गत चैत २७ र २८ गतेका लागि तोकिएको साधारणसभाको कार्यक्रम सरकारले देशव्यापी रुपमा आह्वान गरेको लकडाउनका कारण अनिश्चितकालका लागि स्थगित हुन पुगेको थियो ।
साधारणसभाले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्षको पद हस्तान्तरण गर्नेछ भने आगामी कार्यकालको नेतृत्वको रुपमा रहेको वरिष्ठ उपाध्यक्ष तीवनटै विषयगत उपाध्यक्ष छनाट समेत गर्नेछ । आगामी निर्वाचनको लागि वर्तमान दुई उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

खबर एक्सप्रेस