आज:  | Fri, 19, Apr, 2024

तस्बिरमा प्रेमगित३ की कलाकार सम्बृद्धि शाही ठकुरी

२०७७, ६ भाद्र शनिबार २०:४२ मा प्रकाशित ( ३ साल अघि) ६६७१३ पाठक संख्या

नेपाली सिनेमा ईतिहासमा निकै चर्चामा रहेको बहुप्रतिष्ठित प्रतिक्षारत नेपाली कथानक चलचित्र प्रेमगीत ३ कोरोना महामारीका कारण रिलिज मिती स्थगन भएको छ ।यो फिल्मलाई काठमाडौंमा भब्यसेट बनाई छायांकन गरीएको थियो । भने बाँकी छायांकन भने मनाङको बिभिन्न स्थानमा गरिएको थियो । यस फिल्मका कलाकारलाई लिएर पनि निकै चर्चा हुने गरेको छ ।


यसै चलचित्र मार्फत पहिलो पटक कलाकारमा नेपालगन्जकी सम्बृद्धि शाही ठकुरीले डेब्यू गरेकी छन् ।

चलचित्रमा सुहाउने रोल खोज्ने क्रममा उनलाई छनौट् गरिएको निर्देशक/निर्माता सन्तोष सेनले बताए । उनको डेब्यू चलचित्र भएतापनी आफ्नो अभिनयको जादु देखाउन सफल भएकी छन्। फिल्मका सबै कलाकारबाट निकै प्रशंसा बटुलेकी सम्बृद्धि नेपाली फिल्म उद्योगकी आशा लाग्दी कलाकार हुन ।

उनको अभिनय पस्चात अन्य फिल्मबाट कलाकारको अफर आउने गरेको परिवार श्रोतले बताएको छ । कक्षा ९ मा अध्ययनरत उनी पढाईमा पनि त्यतीकै अब्बल रहेकी छन् ।

प्रेमगित३ लाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेका छन् । कोरोना भाईरसको महामारी सामान्य भएपछी निर्माण टिमले चलचित्रको रिलिज मिती तोक्ने बताईएको छ ।

खबर एक्सप्रेस