आज:  | Mon, 14, Jun, 2021

बार्सिलोना फेरी लालिगाको शिर्षस्थान मा

२०७७, ११ असार बिहीबार ०८:३२ मा प्रकाशित ( ११ महिना अघि) ७०६९ पाठक संख्या

एजेंसी_  साविक विजेता बार्सिलोना फेरि स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एथलेटिक बिल्बाओलाई १-० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थान कब्जा गरेको हो। प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाको जितमा अतिरिक्त खेलाडी इभान राकिटिच नायक बने।

राकिटिचले दोस्रो हाफमा गोल गर्दै घरेलु टोलीको उद्धार गरेका थिए। ७१औं मिनेटमा कप्तान लियोनल मेसीको प्रहार बिल्बाओका रक्षकलाई लागेर फर्किएको बललार्ई राकिटिचले सोझै गोल पोस्ट छिराएका थिए। उनी ६४औं मिनेटमा सर्जियो बुसक्वेट्सको स्थानमा मैदान छिरेका थिए।

जितसंगै बार्सिलोनाले ३१ खेलबाट ६८ अंक बनाएको छ। एक खेल कम खेलेको रियल म्याड्रिड ६५ अंकसहित दोस्रो स्थानमा छ। ४२ अंक बनाएको एथलेटिक बिल्बाओ १०औं स्थानमा छ।

 

खबर एक्सप्रेस