आज:  | Sat, 20, Apr, 2024

स्पेनीस ला लिगामा बार्सिलोनालाई पछी पार्दै रियल मैड्रिड शिर्ष स्थानमा

२०७७, ८ असार सोमबार ०९:४७ मा प्रकाशित ( ३ साल अघि) २४३६७ पाठक संख्या

 एजेंसी_गएराति सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सोसिडाडलाई २–१ गोल अन्तरले हराएको थियो । रियलले बार्सिलोनासँग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थान बनाएको छ ।

शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । सोसिडाड ४७ अंक सहित छैटाैं स्थानमा छ । रियाल मड्रिडका सर्जियो रामोसले नयाँ रेकर्ड समेत बनाएका छन् । उनी ला लिगाको इतिहासमा सर्वाधिक गोल गर्ने पहिलो डिफेन्डर बनेका छन ।  ला लिगामा रामोसले गोल संख्या ६८ पुर्‍याएका  छन् ।

 

खबर एक्सप्रेस