आज:  | Sat, 13, Apr, 2024

हेप्पी बर्थडे छोरी

२०७७, २५ जेष्ठ आईतवार ११:१० मा प्रकाशित ( ३ साल अघि) ६३१४८ पाठक संख्या

नौ बर्ष भएकि छोरीले एकदिन अचानक मलाई सोधिन्। ‘बाबा मलाई मेरो १५औं बर्थडेमा के गिफ्ट दिनुहुन्छ?’

मैले भने छोरी तिम्रो बर्थडे आउन त अझै कति धेरै बर्ष बाकि छ त्यतिन्जेल सोचौँला नि के दिने भनेर।

हेर्दा हेर्दै आज छोरी १३ बर्ष पुगेर १४ बर्ष लागिन। मलाई निकै गाह्रो भइरहेको थियो घरमा छोरीलाई र मलाई पुग्ने खाना पुर्याउँदा,छोरीको स्कुल फि तिर्दा तिर्दै, कहिले त ॠण लिनु पर्ने हुन्थ्यो।

एकदिन अचानक फेक्ट्रिमा मलाई कल आयो ‘तपाईंको छोरी एक्कासी स्कुलमा बेहोस भइन अहिले हामीले उसलाई अस्पताल ल्याएको छौ छिट्टो आउनुहोस्’ ।

म यो खबर सुन्ने बित्तिकै छाँगोबाट खसेजस्तै भएँ हतार हतार गर्दै अस्पताल पुग्ये।डक्टरले मलाई आफ्नो केभिन सम्म बोलाएर भने “उसको मुटुले राम्रो काम गरिरहेको छैन, हार्ट ट्रान्सप्लान्ट गर्नु पर्छ”।

म छोरीको आइसियु वार्ड सम्म पुगे छोरीले सोधिन “बाबा मलाई के भएको म बाँच्छु कि नाई ,डाक्टरले के भन्नुभयो नि?”

छोरीको प्रस्नले मेरो मन थामिएन म भित्ता तिर फर्किएर आँसु पुस्दै भने छोरी तिमि लाई केहि भएको छैन? अरू केहि बोल्ने साहस भएन ।उसको निधारमा एक चुम्बन दिए र त्यहाँ बाट फर्किए।

भोलिपल्ट बच्चाको अपरेशन भयो उसलाई एक दिन पछि होस् आयो अनि बाबालाई खोज्न लागि।त्यतिकैमा डाक्टरले एक चिठि उसको हातमा थमाईदिए !

चिठीमा लेखिएको थियो “प्यारी छोरी हेप्पी वर्थडे ! जन्मदिनमा तिमिलाई यो भन्दा ठुलो गिफ्ट मैले केही दिन सकिन?”

खबर एक्सप्रेस