आज:  | Fri, 19, Apr, 2024

हवाई इन्धनको मूल्यमा कटौती

२०७७, १८ जेष्ठ आईतवार २३:२० मा प्रकाशित ( ३ साल अघि) १८८४९ पाठक संख्या

सरकारले हवाई इन्धनमा लगाइँदै आएको पूर्वाधार विकास कर हटाएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । 

‘विहीबार रातीदेखि नै लागू हुने गरी आन्तारिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइएको र डिजेल, पेट्रोल र मटितेलको मूल्य यथावत राखिएको छ,’ निगमका प्रवक्ता विनितमणी उपध्यायले भने ।

घटेको मूल्यअनुसार अब आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कायम भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८६८ डलर कायम भएको छ। 

अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार विकास करबापत हवाई इन्धनमा लाग्दै आएको १० रुपैयाँ कर हटाएको विहीबार घोषणा गरेका छन् ।

खबर एक्सप्रेस