आज:  | Mon, 15, Apr, 2024

अमेरिकामा जातिय भेदभाव हुल-दंगामा परिणत

२०७७, १७ जेष्ठ शनिबार १९:३२ मा प्रकाशित ( ३ साल अघि) १९९६५ पाठक संख्या

अमेरिकामा अफ्रिकी मूलका एकजना अमेरिकीलाई प्रहरीले कानूनको कार्यान्वयनको सिलसिलामा मारिदिएको छ। जसका कारण अमेरिकाका धेरै ठाउँहरुमा ठूलो परिमाणमा हुल-दंगा मच्चिएको छ। अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या एक लाख नाघेको पृष्ठभूमिमा यस घटनाले फेरि जातिय भेदभाव हुल-दंगामा परिणत भएको छ।

संयुक्त राष्ट्र संघको मानव अधिकार मामिला सम्बन्धी उच्च प्रतिनिधिले एउटा वक्तव्य प्रकाशित गर्दै “यो अमेरिकी प्रहरीले निरन्तर रुपमा निशस्त्र अफ्रिकी मूलका अमेरिकीलाई मारेको पछिल्लो घटना हो र अमेरिका सरकारले यस्तो हिंसात्मक गतिविधि रोक्न गम्भिर कारवाही चाल्नुपर्छ र यस्तो घटनापछि न्यायको प्रत्याभूति दिनुपर्छ” भनेका छन्।

हाल अमेरिकामा धेरै प्रदर्शनकारीहरुले प्रहरीसँग भिडन्त गरी धेरै कुटपिट, तोडफोड, लुटपाट, आगजनीका घटना गराएका छन्। न्युयोर्क लगायत ठाउँहरुमा जातिय भेदभाव विरुद्ध जुलुस प्रदर्शन गरिएका छन्।

जातिय भेदभाव अमेरिकाको इतिहासमा सबैभन्दा अँध्यारो इतिहास हो। अफ्रिकी मूलका अमेरिकीहरुले अमेरिकाको निर्माणका लागि ठूलो योगदान गरेका छन्। तैपनि उनीहरुलाई अमेरिकी समाजले स्वीकार गरेको छैन। उनीहरु लक्षित हिंसात्मक घटनाहरु सधैं अमेरिकामा देखा पर्छन्।

अमेरिकाको पियु अनुसन्धान केन्द्रद्वारा सार्वजनिक “सन् २०१९मा अमेरिकाको जाति” शीर्षकको प्रतिवेदनका अनुसार, करिब ६० प्रतिशत अमेरिकीहरुले अमेरिकामा विभिन्न जातिहरु बीचको सम्बन्ध नराम्रो रहेको ठहर गरेका छन् ।

खबर एक्सप्रेस