आज:  | Sun, 24, Mar, 2024

भारत र चीन बीचको सैन्य क्षेत्रको तुलनामा

२०७७, १५ जेष्ठ बिहीबार २२:१८ मा प्रकाशित ( ३ साल अघि) १३७९६ पाठक संख्या

काठमाडौ, जेष्ठ १५ गते ।
चीनले सन् २०२० मा रक्षा बजेट १ सय ७९ अर्ब अमेरिकी डलर छुट्टाएको छ । भारतले बार्षिक बजेट ७० अर्ब डलर मात्रै रक्षा क्षेत्रमा छुट्टाएको छ ।

दुई देशबीचको सैन्य क्षेत्रको तुलनामा कुन बलियो ?

ग्लोबल फायरपावर डटकमले अध्यावधिक गरेको पछिल्लो तथ्याङ्कलाई हेर्दा दुवै देशबीच धेरै भिन्नता भने देखिदैँन । तर धेरै कुरामा चीन अगाडि देखिन्छ । भारत सैन्य क्षेत्रको उपलब्धतालाई हेर्दा चीनभन्दा धेरै पछि छ ।

जनशक्तिको हिसाबले हेर्दा चीनमा २६ लाख ९३ हजार पूर्ण लडाकु जनशक्ति छ भने भारतमा ३४ लाख ६२ हजार ५ सय सैनिक विभिन्न क्षेत्रमा खटिएका छन् ।

सैन्य क्षेत्रमा विमानको अवस्थामा चीन धेरै अगाडि छ । विभिन्न अत्याधुनिक जहाजको संख्या चीनमा ३ हजार १ सय ८७ छ भने भारतमा २ हजार ८२ मात्रै रहेका छन् ।

सैनिक हेलिकप्टरमा चीनले हालैमात्र मानवरहित हेलिकप्टरसमेत प्रयोगमा ल्याएको छ । चीनमा १ हजार ४ हेलिकप्टर रहेका छन् भने भारतमा ६ सय ९२ हेलिकप्टर सैन्य क्षेत्रमा प्रयोगमा छन् ।

फाइटर जहाज चीनसँग १ हजार २ सय २२ छ भने भारतसँग ५ सय २० मात्रै रहेको छ । त्यस्तै आक्रमणमा प्रयोग हुने विमान भारतसँग ६ सय ९४ रहेको छ भने चीसँग १५ सय ६४ तथा हेलिकप्टर भारतसँग जम्मा १७ र चीनसँग २ सय ८१ रहेको छ ।

खबर एक्सप्रेस