आज:  | Tue, 16, Apr, 2024

दिल्ली सरकारको विज्ञापन प्रती सिक्किम सरकारले कडा आपति

२०७७, १४ जेष्ठ बुधबार ०७:३८ मा प्रकाशित ( ३ साल अघि) २२८१७ पाठक संख्या

काठमाडौ ।

कोरोना भाइरस सम्बन्धी दिल्ली सरकारको एक विज्ञापन सामाजिक सञ्जालमा विवादको विषय भएको छ । यो विवाद यति हदसम्म बढयो दिल्ली सरकारका सम्बन्धित अधिकारी विरूद्ध कारबाही गरिएको छ। नागरिक सुरक्षा निर्देशनालय (हेड क्वार्टर) का एक वरिष्ठ अधिकारी निलम्बनमा परेका छन् । दिल्ली सरकारले यो विज्ञापनलाई फिर्ता लिनु परेको छ।

दिल्ली सरकारको विज्ञापनमा दिल्ली सरकारले आफ्नो एक विज्ञापनमा कोरोना भाइरस विरुद्धको लडाइमा सामेल हुन मानिसहरूलाई अनुरोध गरेको थियो। यस विज्ञापनमा, कोरोना बिरूद्धको लडाइमा सामेल हुने व्यक्तिको योग्यताबारे लेखिएको थियो । समस्या कहाँ आयो भने यो योग्यतामा लेखिएको थियो–‘भारतका नागरिकहरू, वा सिक्किम, भुटान र नेपालका जनता र दिल्लीका नागरिकहरू’ यस लाइनमा सिक्किमलाई छिमेकी देश जस्तै गरी लेखिएको छ । यस कुरामा नै विवाद भएपछि अधिकारी निलम्बनमा परेका हुन् ।

सिक्किम सरकारले विज्ञापनलाई लिएर कडा विरोध दर्ता गरेको थियो। सिक्किम सरकारको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको थियो सिक्किमको सरकारले यो दिल्ली सरकारको विज्ञापनलाई गम्भीरताका साथ लिएको छ। सिक्किमलाई विदेशी देशको रूपमा देखाइएको छ। सिक्किमका मुख्य सचिवले दिल्लीको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीका मुख्य सचिवसँग यस गल्तीलाई तत्काल सुधार गर्न र सिक्किमको राष्ट्रिय भावनालाई ध्यानमा राखी कदम चाल्न माग गर्दै प्रहरीलाई पत्र पठाएको थियो ।मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि यस मुद्दामा आफ्ना विरोध प्रदर्शन गरेका थिए। उनले सिक्किम १९७५ देखि भारतको एक अंग नै रहेको छ।’ दिल्ली सरकारको विज्ञापनमा सिक्किमका जनतालाई फरक ठानेको र उनीहरुलाई नेपाल र भूटानसँग तुलना गर्नु अफसोस, आपत्तिजनक र भारतको संघीय संरचनाको लागि हानिकारक छ।भन्ने लेखेपछी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र एलजी अनिल बैजलले यस विज्ञापनको प्रकाशनका लागि जिम्मेवार अधिकारीलाई निलम्बन गरेको जानकारी दिएका छन् ।

अरविन्द केजरीवालले आफ्नो ट्विटरमा लेखे, ‘सिक्किम भारतको अभिन्न अंग हो । त्यस्ता गल्तीहरूलाई सहन सकिदैन । विज्ञापन फिर्ता लिइएको छ र सम्बन्धित अधिकारीको विरुद्ध कारबाही भएको छ ।’ यस विषयले अहिले भारतीय राजनीतिमा बबाल सिर्जना गरेको छ ।

खबर एक्सप्रेस