आज:  | Thu, 28, Mar, 2024

रुकुम पश्चिमको घटनालाई लिएर छानबिन समितीको गठन

२०७७, १३ जेष्ठ मंगलवार १४:०३ मा प्रकाशित ( ३ साल अघि) २६५९९ पाठक संख्या

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिममा  तीन जनाको  मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन समितीको गठन भएको जानकारी दिएका छन् ।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि,महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको बताएका हुन् । 

गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराएका छन् ।

गृहमन्त्रीले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको बताए । घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । जसमा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेका छन् । जोसुकै भएपनि कानुनी कारबाही गरिने गृहमन्त्रीले बताएका छन् ।

खबर एक्सप्रेस