आज:  | Wed, 03, Jun, 2020

सुर्खेतमा तीन जनामा कोरोना आशंका

२०७७, १० जेष्ठ शनिबार १३:२८ मा प्रकाशित ( १ हफ्ता अघि) ३४२ पाठक संख्या

सुर्खेत जेष्ठ १० गते शनीबार
कर्णाली प्रदेशको सुर्खेतमा तीन जनामा कोरोनाको आशंका गरिएको छ । सुर्खेतमा क्वारिन्टनमा रहेकाहरुको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि पुन परीक्षणका लागि स्वाब बाँकेको नेपालगञ्जमा पठाईएको छ ।
अहिले उनीहरुलाई क्वारेन्टाइनबाट प्रदेश अस्पताल कालागाउँको आइशोलेशनमा सारिएको छ भने नेपालगञ्जको रिपोर्ट आज साझसम्म आएपछि थप बताउन मिल्ने कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले जनाएको छ ।

खबर एक्सप्रेस