आज:  | Thu, 18, Apr, 2024

नेपाल सहित विश्वब्यापी कोरोना अपडेटः जेष्ठ ९ गते

२०७७, ९ जेष्ठ शुक्रबार १८:५५ मा प्रकाशित ( ३ साल अघि) १६०२८ पाठक संख्या

काठमाडौं, जेठ ९ गते बिहीबार १९:०० बजे

कोरोना भाइरसको पीसीआर परीक्षणमा थप ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कोरोनाभाईरस परीक्षणको पछील्लो रिर्पोटका अनुसार नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब कोरोनाका बाँकी संक्रमित संख्या ३४३ जना रहेको छ ।
आज थप भएका कोरोना संक्रमित सर्लाही १५ जना, बाँके १४ जना, कपिलबस्तु ९ जना, नवलपरासी ४ जना, कैलाली ३ जना, भ।तपुर २ जना, डडेलधरा, बैतडी र मोरड. एक एक जना रहेका छन् । साथै ४० जिल्लामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

आज सम्मको डाटा पिसिआर परिक्षण गरेको ४२,४८९ (+३,७५२) जना, आरडिटि परिक्षण ८२,११६ (+३,४२१) जना, क्वारेन्टिनमा २७,८२९ (+२,७९९) जना, आईसोलेशनमा ४३३ (+३२) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७० (+२१) जना र तीन जनाको मृत्यु भएको छ ।

विश्वब्यापी विवरण :

परीक्षण भएको संख्या ६७,५०६,४१६ (+७८७,२४६) जना, संक्रमण पुष्टि भएको संख्या ५,२३७,७०३ (+३५,७३९) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,१०९,७५१ (+२७,११९) जना, बाँकी संक्रमित संख्या २,७९२,१८९ (+१४,९४४) मृत्यु भएको संख्या ३३५,७६३ (+१,०५)

खबर एक्सप्रेस