आज:  | Thu, 25, Apr, 2024

टेलिभिजन र चलचित्र मार्फत मधेसीलाई होच्याएको भन्दै केन्द्र सरकारलाई पत्राचार

२०७७, ९ जेष्ठ शुक्रबार १२:३५ मा प्रकाशित ( ३ साल अघि) २४८६३ पाठक संख्या

प्रदेश २ सरकारले विभिन्न टेलिभिजनबाट प्रसारण भइरहेका कार्यक्रम बन्द केन्द्र सरकारलाई पत्राचार गरेको छ ।

प्रदेश २ सरकारका न्यायाधिवक्ता दीपेन्द्र झाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई पत्र लेख्दै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ कार्यक्रमलाई बन्द गर्न अनुरोध गरेका छन । पत्रमा नेपाली चलचित्रमा पनि यस्ता गतीबिधी राखेर मधेसीलाई होच्याउने, अपमान र  बेइज्जत गर्ने काम भइरहेकोले यस्ता गतिबिधीले एकता तथा सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने भन्दै बिभिन्न निकाएमा पत्र मार्फत जानकारी गराएको छ ।

खबर एक्सप्रेस