आज:  | Wed, 03, Jun, 2020

नेपाल सहित विश्वब्यापी कोरोना अपडेटः (जेष्ठ ८गते )

२०७७, ८ जेष्ठ बिहीबार १८:५७ मा प्रकाशित ( १ हफ्ता अघि) ३१६३ पाठक संख्या

काठमाडौं, जेठ ८ गते बिहीबार १९:०० ।
कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कोरोनाभाईरस (कोभिड१९) परीक्षणको पछील्लो रिर्पोटका अनुसार नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब कोरोना बाँकी संक्रमितको संख्या ४०१ जना रहेको छ ।
आज थप भएका कोरोना संक्रमित झापामा २३ जना, धनकुटामा एक जना, सुनसरीमा एक जना र रुपन्देहीमा एकजना रहेका छन् । ३८ जिल्लामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
जम्मा पिसिआर परिक्षण गरेको ३८,७३७ (+३,२४२) जना, आरडिटि परिक्षण ७८,६९५ (+३,६२३) जना, क्वारेन्टिनमा २५,०३० (+१,८२८) जना, आईसोलेशनमा ४०१ (+२१०) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ४९ (+४) जना र तीन (+एक) जनाको मृत्यु भएको छ ।
विश्वब्यापी विवरण :
———————
परीक्षण भएको संख्या ६६,३३०,०२१ (+८०२,७१४) जना, संक्रमण पुष्टि भएको संख्या ५,१२७,४१७ (+३१,९६०) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,०४८,२३५ (+२०,६६६ ) जना, बाँकी संक्रमित संख्या २,७४८,२७७ (+ १४,१९६ ) मृत्यु भएको संख्या ३३०,९०५ (+११२४ ) जना।

खबर एक्सप्रेस