आज:  | Thu, 25, Apr, 2024

आज चारजना कोरोना संक्रमित स्वास्थ्यलाभ गरी घर फर्के

२०७७, ८ जेष्ठ बिहीबार १७:२३ मा प्रकाशित ( ३ साल अघि) १२३३९ पाठक संख्या

काठमाडौँ, जेठ ८ गते ।

कोरोना संक्रमित थप चारजना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जना स्वास्थ्यलाभ गरी घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । डिस्चार्ज हुनेमा २३ र २५ वर्षीया महिला तथा २७ र ३६ वर्षीय पुरुष रहेका छन् । अब उत अस्पतालमा कोरोना संक्रमित १ जनामात्रै रहेको निर्देशक राजभण्डरीले बताए । यो सँगै स्वास्थ्यलाभ गरी घर फर्कनेको संख्या ४९ जना पुगेको छ ।

खबर एक्सप्रेस