आज:  | Thu, 28, Mar, 2024

उपत्यका प्रवेश नाकाहरु शिल गर्न गृह मन्त्रालयको परिपत्र

२०७७, ८ जेष्ठ बिहीबार १५:३७ मा प्रकाशित ( ३ साल अघि) २१२६७ पाठक संख्या

काठमाडौँ, जेठ ८ गते । राजधानी काठमाडौँ  छिर्ने सबै नाका सिल गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ ।
जेठ १ गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहबाट उपत्यका प्रवेशको नाकामा थप कडाई गर्ने निर्णय गरेको थियो ।
बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, लतिलपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गृहसचिव, काठमाडौँ उपत्यकाका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उपत्यका नाका भएका स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ आउनेहरुको सङ्ख्या दिनदिनै बढीरहेको र उनीहरुबाट नै कोरोना संक्रमणक बढी देखिएकोले अत्यावश्यक काममा बाहेक काठमाडौँ उपत्यका प्रवेश नगराउने, नाका सिल गर्ने गर्ने निर्णय भएको छ ।

खबर एक्सप्रेस