आज:  | Mon, 29, Apr, 2024

नयाँ नक्सा सार्वजनिक ३ सय ३५ वर्ग किलोमिटर बढ्ने

२०७७, ७ जेष्ठ बुधबार १५:४० मा प्रकाशित ( ३ साल अघि) २२२९० पाठक संख्या
काठमाडौं, जेठ ७ गते ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ।
बुधबार दिउँसो भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले पत्रकार सम्मेलन गरी उक्त नक्सा सार्वजनिक गरेकी हुन्।
नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।
सरकारले अब नयाँ नक्साको आधारमा निशाना छाप र लोगो पनि प्रयोगमा ल्याउने निर्णय गरेको छ। त्यसकालागी संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी समेत गरेको छ ।
योसँगै नेपालको क्षेत्रफल समेत बढ्ने छ। अहिले नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। नयाँ नक्सामा अनुसार ३ सय ३५ वर्ग किलोमिटर बढ्ने छ।
खबर एक्सप्रेस