आज:  | Fri, 29, Mar, 2024

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०७७, ६ जेष्ठ मंगलवार १५:३७ मा प्रकाशित ( ३ साल अघि) ९०२२ पाठक संख्या

काठमाडौं, जेठ ६ गते मंगलबार

सरकारको नीति तथा कार्यक्रम संसद बैठकबाट बहुमतले पारित भएको छ ।

गत शुक्रबार पेश भएको सरकारको नीति तथा कार्यक्रम माथी सांसदहरुबाट उठेका बिभिन्न प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिएका थिए । प्रधानमन्त्रीले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम संसद बैठकबाट बहुमतले पारित भएपछि प्रतिनिधि सभाको अर्को बैठक २०७७ साल जेठ १३ गते मंगलबार दिनको १ बजे बस्ने गरी संसद बैठक स्थगित भएको छ ।

खबर एक्सप्रेस