आज:  | Fri, 29, Mar, 2024

कोरोना अपडेटः ( जेष्ठ ६ गते )

२०७७, ६ जेष्ठ मंगलवार १९:०० मा प्रकाशित ( ३ साल अघि) १९७७९ पाठक संख्या

काठमाडौं, जेठ ६ गते । मंगलबार १९ : ००

कोरोनाभाईरस (कोभिड१९) परीक्षणको पछील्लो रिर्पोटका अनुसार नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अब कोरोना संक्रमितको संख्या ४०२जना पुगेको छ ।

थप भएको संख्यामा काठमाडौँ ३ जना, झापा ९, कपिलवस्तु ४, सर्लाही २, मोरङ १, भक्तपुर, ललितपुर, सुनसरी, रामेछाप, मकवानपुर, सिन्धुली, लमजुङ र नवलपरासीमा एक-एक  जना संक्रमित भएका छन् । हालसम्म ३६ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

जम्मा पिसिआर परिक्षण गरेको ३२,६०४जना, आरडिटि परिक्षण ७४,६४९ जना, क्वारेन्टिनमा २१,६२३ जना, आईसोलेशनमा ४५७ जना, स्वास्थ्यलाभ गरी घर फर्केको ३७ जना र दुई जनाको मृत्यु भएको छ ।

विश्वब्यापी विवरण : 

———————

परीक्षण भएको संख्या ६१,६६७,७४२ (+७३९,००४) जना, कोरोना संक्रमण पुष्टि भएको संख्या ४,९३३,३१५ (+३३,८१७) जना, स्वास्थ्यलाभ गरी घरफर्केको संख्या १,९३५,२६९ (+२३,८२२)जना, मृत्यु भएको संख्या ३२१,२४० (+७३७) जना।

खबर एक्सप्रेस