आज:  | Mon, 15, Apr, 2024

सरकारको नीति तथा कार्यक्रम माथि बाबुराम, कमल थापा र गगन थापाको कडा टिप्पणी

२०७७, २ जेष्ठ शुक्रबार २१:०१ मा प्रकाशित ( ३ साल अघि) १५९६६ पाठक संख्या

सरकारको नीति तथा कार्यक्रम माथि सामाजिक संजाल टुईटर मार्फत पूर्व प्रधानमन्त्री बाबुराम भटराइले टिप्पणी गर्दै कहिलेसम्म मूर्ख बन्ने? भनेका छन् ।

अहिलेसम्मकै सम्भवत:सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा,केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो! प्रदेश/स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो।कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो!हामी कहिलेसम्म मूर्ख बन्ने?

सरकारको नीति तथा कार्यक्रम माथि सामाजिक संजाल टुईटर मार्फत पूर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले टिप्पणी गर्दै जनतामा उत्साह जागृतगर्न नसक्ने दस्तावेज भनेका छन् । सरकारको नीति/कार्यक्रम:
-अतिक्रमित भूमि फिर्तागर्ने वारे व्यक्त प्रतिबद्धता स्वागतयोग्य,
-कोभिड-१९को कारण आउने आर्थिक चुनौती सामनागर्न सशक्त नीतिको अभाव,
-नारा र आश्वासनले भरिएको अव्यवहारिक दस्तावेज
-प्राथमिकता अलमलिएको,अनावश्यकरुपले लामो,जनतामा उत्साह जागृतगर्न नसक्ने  दस्तावेज

सरकारको नीति तथा कार्यक्रम माथि सामाजिक संजाल टुईटर मार्फत पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कडा ब्यग्य गरेका छन् ।

नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ।कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ।ढुकुटी पनि दह्रै रहेछ।साधनस्रोत प्रशस्तै रहेछ।ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ।देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ।सरकार त पाएकै हो।धन्यवाद मेरो सरकार!

खबर एक्सप्रेस