आज:  | Wed, 27, Mar, 2024

सरकारले विद्यार्थीलाई ई-लर्निङ पोर्टल सञ्चालनमा ल्यायो

२०७७, २७ बैशाख शनिबार १७:४२ मा प्रकाशित ( ३ साल अघि) ३२०२४ पाठक संख्या

नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको लागि ई-लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले सञ्चालनमा ल्याएको ई-लर्निङ पोर्टलमा कक्षा १ देखि १० कक्षासम्मका विद्यालयमा पढाई हुने सामग्रीलाई समेटी तयार गरिएको बताइएको छ । 

यसको सञ्चालन तथा नियन्त्रण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्त्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गर्नेछ । यो पोर्टलले शिक्षक तथा विद्यार्थी दुबैका लागि निकै उपयोगी हुने बताईएको छ ।

यसबाट विद्यार्थीहरुले श्रव्य दृश्य सामग्री मार्फत सजिलै अध्ययन गर्न सक्नेछन् । ‌ई-लर्निङ पोर्टलमा जानको लागि यहाँ  यहाँ क्लिक गर्नुहोस ।

खबर एक्सप्रेस