आज:  | Thu, 25, Apr, 2024

सबै स्वास्थ्यलाभ गरेपछी सुदूरपश्चिम प्रदेश कोरोना संक्रमितमुक्त भयो

२०७७, २६ बैशाख शुक्रबार २०:३० मा प्रकाशित ( ३ साल अघि) १४०४४ पाठक संख्या

धनगढी, वैशाख २६ गते ।

धनगढीका कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए।

३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीया महिलाको पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । उनीसँगै भर्ना भएका यसअघि सबै डिस्चार्ज भईसकेकोले योसँगै सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना पोजेटिभ देखिएकोमा सबैले स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् ।

अब सुदूरपश्चिम प्रदेश कोरोना संक्रमितमुक्त बनेको छ।

खबर एक्सप्रेस