आज:  | Wed, 27, Mar, 2024

लकडाउनमा समाजसेवा गर्दै डा . स्वाँर

२०७७, १७ बैशाख बुधबार १९:४४ मा प्रकाशित ( ३ साल अघि) २९९४७ पाठक संख्या

कोरोनाले बिश्वनै आक्रान्त भैरहेका बेला नेपालमा लकडाउन चलिरहेको छ यही क्रममा नेपालका विभिन्न ठाउँमा आफ्नो आफ्नो क्षेत्रमा समाजसेवाका कार्यपनी भैरहेका छन ।

यहीबेला देश कोरोनाको डरले लकडाउनमा रहेका बेला समाजसेवाबाट पछि हट्न सकेनन् टीकापुरस्थित सत्कार पोलिक्लिनिकका सञ्चालक डा. हेमन्त स्वाँर करिव एक लाख बराबरको सहयोग गरेका उहाँले टीकापुर नगरपालिकालाई चामल, बेसहारा बालबालिकालाई खाद्यान्न, सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई पिउने पानी, प्रहरी र पत्रकारलाई मास्क प्रदान गरेका छन ।

उहाँले ७६ हजार बराबरको २० क्विन्टल चामल आज टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई हस्तान्तरण गरेका छन । चामल बुझदै मेयर रावलले कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिमा नगरपालिकालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

त्यस्तै डा. स्वाँरले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि पिउने पानीको व्यवस्था गरेका छन । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी समस्या झेल्दै भन्ने कुरा सार्वजनिक भएपछि तीन वटा बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरुलाई पिउने पानीको व्यवस्था गरेका हुन ।

स्वाँरले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलंकामा रहेका बेसक्याम्पमा एक सय जार पिउने पानी उपलब्ध गराएका छन । टीकापुर नगरपालिकाका मेयर रावल मार्फत सशस्त्र प्रहरीलाई पिउने पानी हस्तान्तरण गरेका हुन ।

तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजर समेत उपलब्ध गराएका छन । त्यस्तै इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत मास्क प्रदान गरेका हुन ।

स्वाँरले केही दिन अघि मात्रै टीकापुर नगरपालिका–२ राजीपुरस्थित मेरी आमा घरमा रहेका बेसहारा बालबालिकालाई समेत खाद्यान्न सहयोग गरेका थिए । सो ठाउँमा आठ जना बेसहारा बालबालिका बस्दै आएका छन । उनीहरुलाई एकजना स्थानीय महिला दिब्या प्रियासीले संरक्षण गरेर राखेकी छन ।

पेशाले चिकित्सक डा. स्वाँरले विश्वभर महामारी रुपमा रहेको कोरोना भाइरसका कारण समस्यामा परेका नागरिक र सुरक्षाकर्मीलाई राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको बताए ।

खबर एक्सप्रेस