आज:  | Fri, 29, Mar, 2024

ललितपुरकी उपमेयर सत्यालको सक्रियता

२०७७, १३ बैशाख शनिबार १०:२१ मा प्रकाशित ( ३ साल अघि) ६७९२२ पाठक संख्या

ललितपुर, बैशाख १३ गते

कोरोना भाईरसको कारण देश लकडाउनमा परेको समयमा विशेष गरी दैनिक काम गर्ने ज्यालादारी मजदुरहरु भोकभोकै बस्न बाध्य भएको स्थितीमा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल भने शुरुवातदेखी नै त्यस्ता नागरीकको लागी सहयोगका हातहरु अगााडी बढाईरहेकी छन् ।भने आममहानगरवासीहरु थप भारमा नपरुन भनी लकडाउनका बिच हुने कालोबजारी अनुगमन तथा नियन्त्रण गर्न उपमेयर सत्याल आफै बजार अनुगमनमा जाने गरेको कार्यले ब्यापारी सचेत हुने गरेका छन् भने नागरीकले राहत महशुस गरेका छन् ।

महानगरपालिका भित्र कोही पनि भोकै नराख्ने गरी महानगरपालिकाले लिएको लक्ष्यलाई सुरुदेखि नै उपमेयर सत्याल लागी परेकोमा स्थानिय नागरीक, मजदुरहरुले प्रशंसा गरेका छन् महानगरभित्रका स्थानीय संघसंस्थाहरुसँग पनि समन्वय गरी धेरै व्यक्तिहरुलाई सामुहिक खाना खुवाउने, राहत प्रदान गर्ने र जनचेतना जगाउने कार्यमा उनी निरन्तर लागी रहेकी छन् ।
महानगरको कोहि भोकै नराख्ने अभियानमा सबै महानगरवासीहरु, संघसंस्थाहरुले साथ दिएको प्रति सबैलाई धन्यबाद दिएकी छन् ।

 

खबर एक्सप्रेस